चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न लागेकाे हाे । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

काठमाडौं । नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रदान गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । उनी आजै नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

काठमाडाैं । थाहा नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा हुने उक्त प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन थाहा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ७,५०० रुपैयाँ तोकिएको छ भने […]

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

काठमाडाैं । देशभरका नापी तथा मालपोत कार्यालयमा अब अनधिकृत व्यक्तिले प्रवेश नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिचय खुल्ने कागजात हेरेर मात्रै कार्यालयमा प्रवेश गराउन निर्देशन दिएको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको निर्देशन र सचिवस्तरीय निर्णयअनुसार नापी विभागले बुधबार देशभरका विशेष नापी कार्यालय र सबै नापी कार्यालयलाई पत्राचार गर्दै यो […]

३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोल बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएकाे छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय सुरेश तामाङ, दोलखा भीमेश्वर–६ का २२ वर्षीय सञ्जीव घिसिङ, धनुषा घर भएका २२ वर्षीय सुरेन्द्र कुमार रौनियार र काभ्रे रोशी गाउँपालिका–९ का २३ वर्षीय रोहित राना मगर रहेका छन्। ब्युरोका […]

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् । संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । सहमति जुट्न नसकेपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले निर्वाचन प्रक्रियातर्फ अघि बढ्ने तयारी गरेको थियो । तर अन्ततः नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी प्रक्रिया […]

अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएका अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि पराजुलीले उजुरी दिएकी हुन् । प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौच र धम्की दिइएको छ । उनलाई बलत्कारसम्म गर्ने किसिमका धम्कीहरु सामाजिक सञ्जालका कमेन्टमा आइरहेका छन् । त्यस्ता कमेन्ट […]

भोलिदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौं । भोलिदेखि संसद् अधिवेशन सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पुरानो भवनमा बस्नेछ ।