काठमाडौं । सरकारले घरबाटै काम गर्न आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो।
विज्ञापन
सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन्।
विज्ञापन
सरकारले यसअघि नै सरकारी कार्यालय र शैक्षिक संस्थानमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाे छ ।