काठमाडौं । धार्मिक तथा सामाजिक अभियन्ता हरि महतमाथि चन्द्रागिरि नगरपालिका वडा नं ८ मा केहि युवाहरूको समूहले सांघातिक आक्रमण गरेको छ । आक्रमणमा परि महत गम्भीर घाइते भएका छन्।
विज्ञापन
प्राप्त जानकारी अनुसार, ढाक्सी धारामा राखिएको शिलालेख फुटाइएको तथा सो विषयमा टिकटकमा सामग्री पोस्ट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि महतमाथि कुटपिट गरिएको हो ।
विज्ञापन
टाउकोमा गम्भीर चोट लागेर सख्त घाइते भएका महतको हाल सतुंगलस्थित वेष्ट सिटी हस्पिटलमा उपचार भइरहेको उनको परिवारले जानकारी दिएको छ ।
महतमाथि भएको आक्रमण घटनामा संलग्न रहेको आरोपमा प्रहरी वृत्त थानकोटले ४ जना युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।