काठमाडौं । अमेरिका र इरानबीच चलिरहेको युद्ध दुई हप्ताको लागि रोकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेसँगै युद्ध रोकिएको हो ।
विज्ञापन
होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समय सीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।
विज्ञापन
ट्रम्पले युद्ध विराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुन: खोल्नुपर्ने बताएका छन् । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ । ६ हप्तादेखि जारी यस युद्धमा अहिलेसम्म करिब ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमा इरानका १ हजार ६ सय सर्वसाधारण समावेश छन् ।