काठमाडाैं । मध्यपुर थिमि वडा नं ८ बोदे निवासी ख्यातिप्राप्त पत्रकार तथा हाम्रो जात्रा डटकमका संचालक श्याम था श्रेष्ठ सम्मानित भएका छन् ।
पशुपति क्षेत्र विकास कोषको ४० औं वार्षिकोत्सव सामारोहको अवसरमा सोमबार पशुपति क्षेत्र विकास कोष महाशिवरात्री व्यवस्थापन मूल समितिद्वारा आयोजित कार्यक्रममा महाशिवरात्री पर्व २०८२ को पावन अवसरमा पवित्र पशुपति क्षेत्रमा आराध्यदेव भगवान श्री पशुपतिनाथको दर्शनार्थ स्वदेश तथा विदेशबाट आएका भक्तजन तथा तीर्थयात्रीहरुलाई सहज दर्शन गराउन योगदान पुर्याए बापत सम्मान स्वरूप हाम्रो जात्रा डटकमका संचालक पत्रकार श्याम था श्रेष्ठलाई कदरपत्रसहित सम्मानित गरिएको हो ।
पत्रकार श्याम था विगत एक दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा काठमाण्डौ उपत्यका र आसपासका जिल्लाहरूमा रहेका विभिन्न जात्रा पर्व ,कला, संस्कृति आदिको प्रचार प्रसार तथा सम्बर्द्धनमा सक्रिय रुपमा लाग्दै आएका व्यक्तित्व हुन् ।