काठमाडाैं । ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण अझै अधुरो छ ।
विज्ञापन
‘फाखेल–मातातीर्थ–सतुंगल’ सडकको ट्रयाकले २०५५ सालमै सुरु गरेको थियो । झन्डै १२ वर्षमा ट्र्याक खुलेको यस सडकको निर्माण कार्य १७ जेठ २०७६ मा बागमती प्रदेश सरकारमार्फत अघि बढाइएको थियो ।
विज्ञापन
पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना लगाएको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । साढे २ करोड बढी जरिबाना ठेक्काको रकमबाट काटिने उनले बताए ।
यस खण्डको हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत मात्रै रहेको छ ।
महालक्ष्मी खोलादेखि काठमाडौंको कलंकीसम्म करिब २० किलोमिटर मात्र दुरी रहेकाे यो सडक हेटौंडा–काठमाडौं जोड्ने छोटो मानिन्छ ।