काठमाडौं । ‘अन्डर लाइट्स सिरिज’को दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले सहज जित हात पारेको हो।
विज्ञापन
नेपालले दोस्रो खेल जितेसँगै दुई खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला १-१ को बराबरीमा सकिएको छ। १२९ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
विज्ञापन
मंगलबार भएको पहिलो खेलमा यूएईले नेपाललाई पराजित गरेको थियो।