काठमाडाैं । नवौं विश्व नेवाः दिवसको उपलक्ष्यमा गत शनिबार काठमाडौंको जगतसुन्दर ब्वनेकुथिमा विभिन्न सामुदायिक र नीजि विद्यालययका शिक्षकहरुका लागि छन्द प्रशिक्षण कार्यक्रम गरियो । विश्व नेवाः दबूको साहित्यिक समितिका सहसंयोजक एवं साहित्यिक एम्बेसेडर प्रतिसरा साय्मिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालभाषाया लोककवि राजभाई जकःमि मूल प्रशिक्षकका रुपमा रहेका थिए ।
हलिं नेवाः दबू नेपाः कवःका अध्यक्ष रमेश मुुनिकारले कार्यक्रममा स्वागत मन्तव्य राख्दै दबूका अध्यक्ष मनोहर श्रेष्ठले पठाउनुभएको शुभकामना पत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा कवि राजभाई जकःमिको कृति ‘भ्वंया हवाइजहाज’ मा संग्रहित काल कविताहरु कवि जकःमिं वाचन गर्नुभएको थियो । काठमाडौं महानगरपालिको आर्थिक सहयोगमा प्रकाशित हुन लागेको उक्त कृति नेपालभाषा बालसाहित्य क्षेत्रमा एक उल्लेखनीय कृतिको रुपमा रहने कुरा सभाका अध्यक्ष साय्मिले बताउनुभयो ।
करिब ४० वटा विद्यालयया शिक्षकको सहभागिता रहेको उक्त कार्यक्रममा मूूल प्रशिक्षक जकःमिले बालकविता वाचन गर्ने शैलीको बारेमा शिक्षकहरलाई प्रशिक्षण दिनुुभएको थियो । विभिन्न विद्यालयलाई बाल कविता वितरण गरिएको उक्त कार्यक्रममा ती कविताहरु छित्तै विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रममा वाचन गराइने जानकारी मूल प्रशिक्षक जकःमिले दिनुुभएको थियो ।
नेपालभाषा साहित्य समितिका सदस्यहरु शाक्य सुरेन, पौभा साय्मि, राजीव श्रेष्ठलागयत भाषा व साहित्यप्रेमीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पवित्र कसाः र रीता महर्जनले कवि जकःमिका बाल गीत गाउनुभएको थियो ।