विज्ञापन

'चन्द्रागिरिमा प्रथम नवरस संगीत पाठशालाको लोकनृत्य कार्यशाला गोष्ठी हुँदै'

काठमाडौं । नवरस संगीत पाठशाला, सतुंगलको आयोजनामा चन्द्रागिरिमा प्रथम लोकनृत्य कार्यशालाको हुने भएको छ ।

विज्ञापन

वैशाख ९ गतेदेखि १२ गतेसम्म हुन लागेको कार्यशाला गोष्ठीमा चर्या नृत्य अन्तर्गत प्रशिक्षक सनरा महर्जन, मगर समुदायमा प्रचलित कौराहा नृत्य अन्तर्गत प्रशिक्षक चित्र मास्के मगर तथा मगर समुदायमा प्रचलित थाली नृत्य अन्तर्गत प्रशिक्षक रविन मगरले कार्यशालामा सहभागिता जनाउँदै छन् ।

विज्ञापन

त्यस्तै, फ्रि स्टाईल हिपअप तर्फ वर्षात केसी, थारु नृत्य तर्फ प्रशिक्षक सपना महर्जन, नृत्य प्रशिक्षक मनिषा गोले र नृत्य प्रशिक्षक समिर मालीको सहभागिता एवम् प्रस्तुति रहने भएको छ ।

नृत्य कार्यशाला गोष्ठीको उदेश्य चन्द्रागिरि नगरपालिकामा रहेका विद्यालयका शिक्षक, शिक्षिकाहरू तथा एसईई दिएर बसेका विद्यार्थीहरूको समयलाई सदुपयोग गर्दै नृत्य विधाको व्यावहारिक र सैधान्तिक ज्ञान आदान प्रदानमा गर्दै समग्र लोकनृत्यको विकासमा टेवा पुर्याउनु रहेको नवरस संगीत पाठशालाका संचालक रबि रानाले जानकारी दिए ।

प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने कार्यशाला कार्यक्रमको सञ्चालन सिर्जना राजबहाकले गर्ने भएकी छिन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

शिक्षकलाई छन्द प्रशिक्षण

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा मङ्लोदय मा.वि.का छात्र तथा छात्रा दुवै समूह फाइनल प्रवेश

यूएईमाथि नेपालको सहज जित

प्रधानमन्त्री कार्यालयको निगरानीपछि कर्मचारीहरू सचेत, चन्द्रागिरि नगरपालिकामा पनि देखियो सुधार

ऋण नतिर्ने सहकारी सञ्चालक र ऋणीलाई अल्टिमेटम, सम्पत्ति रोक्का र नाम सार्वजनिक गर्ने चेतावनी