विज्ञापन

'सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा'

काठमाडौँ । करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा आज (वैशाख ८) देखि सुरु भएको छ। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यो जात्रा वैशाख  शुक्ल  प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

विज्ञापन

पाटनको पुलचोकबाट सुरु हुने यस जात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी सहरका विभिन्न ठाउँमा घुमाइन्छ। पुलचोकबाट मंगलबजार, सुन्धारा, लगनखेल, कुमारी पाटी हुँदै जावलाखेल पुराएपछि भोटो देखाइन्छ। मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तु जडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । भोटो देखाइसकेपछि यो जात्रा सम्पन्न हुन्छ।

विज्ञापन

मच्छिन्द्रनाथलाई हिन्दु धर्मावलम्बीले ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्म पाणि’ (पञ्च बुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

शिक्षकलाई छन्द प्रशिक्षण

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा मङ्लोदय मा.वि.का छात्र तथा छात्रा दुवै समूह फाइनल प्रवेश

यूएईमाथि नेपालको सहज जित

प्रधानमन्त्री कार्यालयको निगरानीपछि कर्मचारीहरू सचेत, चन्द्रागिरि नगरपालिकामा पनि देखियो सुधार

ऋण नतिर्ने सहकारी सञ्चालक र ऋणीलाई अल्टिमेटम, सम्पत्ति रोक्का र नाम सार्वजनिक गर्ने चेतावनी