विज्ञापन

'तीनवटा म्यानपावर कम्पनीलाई कारबाही'

काठमाडौं । वैदेशिक रोजगार विभागले नियमविपरीत कार्य गरेको आरोपमा तीनवटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

विज्ञापन

कारबाहीमा पर्नेमा एसोसिएट वेलकम इन्टरनेसनल प्रा.लि., मास ह्युमन रिसोर्स प्रा.लि. र टेस्ला ओसिज् प्रा.लि. रहेका छन् ।

विज्ञापन

विभागद्वारा सोमबार जारी सूचनामा भनिएको छ, ‘विभागको पूर्वस्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जालको माध्यमबाट विज्ञापन गरेकोले एसोसिएट वेलकम इन्टरनेसनल प्रा.लि.लाई ऐनको दफा ४८ बमोजिम २ लाख जरिवाना गरिएको छ ।’

वैदेशिक रोजगारसम्बन्धी प्रचलति कानून, विभागको आदेश तथा निर्देशनको पालना गरेका नपाइएकोले मास ह्युमन रिसोर्स प्रा.लि. र टेस्ला ओसिज् प्रा.लि.लाई अब उपरान्त यस प्रकारको कार्य नगर्ने गरी सचेत गराइएको विभागले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

उपत्यका विशेष प्रदेश इञ्चार्ज हितमान शाक्यसहित नेकपाले तोक्यो प्रदेश इञ्चार्ज र संयोजक

आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र

चन्द्रागिरिका विभिन्न स्थानबाट सुनको सिक्री लुट्ने थानकोटका १ जनासहित ५ जना पक्राउ :

त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल