काठमाडाैं । यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।
विज्ञापन
विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागु हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ।
विज्ञापन
विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ।
यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो।
इन्धनको मूल्य बढेसँगै भाडा समायोजन गर्नुपरेकाे विभागले जनाएकाे छ ।