काठमाडौं । प्रमुख चार विपक्षी दलहरूले सरकारले पछिल्लो समय सिफारिस गरेका अध्यादेशहरूको विरोध गर्दै चार बुँदे माग अघि सारेका छन्।
विज्ञापन
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलकाे कार्यालयमा बसेको संयुक्त बैठकले सरकारको पछिल्लो कदमलाई असंसदीय र अलोकतान्त्रिक भन्दै राष्ट्रपतिलाई समेत ती अध्यादेशहरू स्वीकृत नगर्न दबाब दिएका हुन्।
विज्ञापन
संयुक्त विज्ञप्तिमा संसद् छल्ने नियतका साथ ल्याइएका यस्ता अध्यादेशहरू अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरिएको छ ।
