काठमाडाैं । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयले उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरूको हकमा यहि वैशाख मसान्तभित्र सम्झौता गरिसक्न सूचना जारी गरेको छ ।
आर्थिक वर्ष २०८२-०८३ अन्तर्गत स्थानीय तहहरूमा विनियोजित बजेट अनुसार कार्यान्वयन हुन बाँकी रहेका योजनाहरूको कार्यान्वयनको लागि उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने कार्य वैशाख मसान्तसम्म मात्र सम्भव हुने भएकोले हालसम्म कार्यान्वयन हुन बाँकी रहेका योजनाहरूका हकमा आवश्यक समन्वय तथा सहजीकरण गरी तोकिएको समयसीमा भित्रै उपभोक्ता समिति गठन तथा सम्झौता सम्पन्न गराई कार्यान्वयन प्रक्रिया अगाडि बढाउन बागमती प्रदेश पूर्वाधार विकास मन्त्रालय तथा सहरी विकास तथा भवन कार्यालयले जानकारी दिएको हो ।
निर्धारित समयसीमाभित्र सम्झौता सम्पन्न नभएमा योजनाको कार्यान्वयनमा प्रतिकूल असर पर्न सक्ने समेत सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।