काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडिदिए ।
विज्ञापन
संसद्को रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेर आफ्नो आशनमा फर्किएका प्रधानमन्त्री शाह केही बेरमै निस्किएर हिँडे ।
विज्ञापन
प्रधानमन्त्री संसद्बाट जुरूक्क उठेर हिँडेपछि सांसदहरू पनि चकित परेका छन् । राष्ट्रपतिले सम्बोधन गरेका बेला सामान्य मर्यादामसेत हेक्का नराखी प्रधानमन्त्री हिँडेपछि सांसदहरूले विरोध सुरू गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेनले अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति देखाएको भन्दै कडा आपत्ति जनाएका छन् ।