विज्ञापन

'रास्वपा चन्द्रागिरि नगर कमिटीको पहिलो अधिवेशन सुरु: नेतृत्वका लागि निर्वाचन हुँदै, उपसभापतिमा करुणा निर्विरोध'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर कमिटीको पहिलो नगर अधिवेशन आइतबार सतुंगलस्थित एक पार्टी प्यालेसमा भव्य रूपमा सुरु भएको छ। केन्द्रीय सदस्य विश्व श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्थानीय नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो।

विज्ञापन

उद्घाटन सत्रलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १० का सांसद प्रदीप विष्ट, समानुपातिक सांसद भूमिका श्रेष्ठ र क्षेत्रीय सभापति रामराजा थापाले पार्टीको विगत र वर्तमानको समीक्षा गर्नुभयो। स्थापनाकालमा थोरै संख्यामा रहेका कार्यकर्ता र घर-घर पुगेर सदस्य थप्नुपर्ने बाध्यताका कारण आफूहरूलाई ‘ढलान टोली’ को उपमा दिने गरिएको स्मरण गर्दै नेताहरूले अहिले चन्द्रागिरिमा ओइरिएको जनसागरले उत्साही बनाएको बताए। नेताहरूको साझा मत थियो— “हामीले चुनावमा मत त जित्यौँ, तर संगठन बलियो बनाउन अब प्रत्येक नागरिकको मन जित्न आवश्यक छ।”

विज्ञापन

उद्घाटन सत्र सकिएलगत्तै अधिवेशन बन्द सत्र र नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ। सर्वसम्मत रूपमा नेतृत्व टुंग्याउने नेताहरूको कसरत असफल भएपछि अन्ततः लोकतान्त्रिक विधि (निर्वाचन) मार्फत कार्यसमिति छान्न लागिएको छ।

जसअनुसार नेतृत्वका लागि निवर्तमान अध्यक्ष जनार्दन केसी र निवर्तमान सचिव मधुकर बस्नेत प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। उपसभापति पदमा करुणा श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेकी छन् भने सचिव, सहसचिव र ११ जना नगर सदस्यका लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ।

अधिवेशनले कुल १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गर्नेछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी

पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट