विज्ञापन

'रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जनार्दन केसी १५२ मतसहित सभापतिमा निर्वाचित भएका छन्।

विज्ञापन

आज सम्पन्न निर्वाचनमा कुल २०६ मत खसेकोमा केसीले १५२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी मधुकर बस्नेतले ५४ मत प्राप्त गरेका थिए।

विज्ञापन

अधिवेशनअघि दुवै पक्षबीच सभापति पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको थियो। कार्यकर्ता भेटघाट, आन्तरिक छलफल तथा सामाजिक सञ्जालमा बढेको सक्रियताले चन्द्रागिरिको राजनीतिक माहोल निकै तातेको थियो।

यसैगरी, उपसभापति पदमा करुणा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् भने अधिवेशनबाट १५ सदस्यीय नयाँ नगर समिति समेत चयन गरिएको छ।

कार्यसमितिमा महिला तथा समावेशी प्रतिनिधित्वलाई समेत प्राथमिकता दिइएको बताइएको छ।

नवनिर्वाचित सभापति केसी यसअघि पनि रास्वपा चन्द्रागिरिको नगर सभापतिको जिम्मेवारीमा रहेका थिए भने उनका प्रतिस्पर्धी मधुकर बस्नेत सचिव पदको जिम्मेवारीमा थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि नगर कमिटीको पहिलो अधिवेशन सुरु: नेतृत्वका लागि निर्वाचन हुँदै, उपसभापतिमा करुणा निर्विरोध

पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट