विद्युतीय नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न भाषा आयोगको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय इम्बोस्ट नम्बर प्लेटमा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा मात्र प्रयोग गर्नुपर्ने भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। आयोगका अनुसार संविधानको धारा ७ ले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा आधारित नेपाली भाषा हुने स्पष्ट व्यवस्था गरेको छ। सर्वोच्च अदालतको २०७८ असार ७ गतेको फैसलाले पनि यो प्रावधानलाई […]
पार्टी एकताको विषयमा माओवादी र एकीकृत समाजवादीबिच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको रायमाझीले जानकारी दिए ।
गोंगबुमा प्रहरीको छापा, करिब ४ करोड रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । गोंगबु क्षेत्रको एक घरमा छापा मार्दा ठूलो परिमाणमा नगद रकम तथा सुन फेला पारेको प्रहरीले जनाएको छ । अवैध रूपमा लुकाइएको रकम रहेको सूचनाको आधारमा प्रहरीले सो स्थानमा छापा मारेको हो। मंगलबार संयुक्त रूपमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले […]
कर्मचारीको अनिवार्य अवकाशको उमेर चालु आर्थिक वर्षमा ५८, आगामी आवमा ५९ र त्यसपछि ६० वर्ष कायम

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती सेवा विधेयक पारित भएको छ । सो समितिको आजको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको हो । पारित प्रतिवेदनलाई समितिअन्तर्गतको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रियसभा बैठकमा आजै पेस हुनेछ । आजको बैठकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर चालु आर्थिक वर्षमा ५८, आगामी […]
नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १० को अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १० को वडा अधिवेशन सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेसको युवा संगठन नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १० को वडा अधिवेशनले वीरकृष्ण महर्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेपाली काङ्ग्रेसका नेता धर्मानन्द श्रेष्ठ, नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० का […]
शोणितपुरमा प्रथम प्राथमिक तह अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

काठमाडौँ । शोणितपुर तेक्वान्दो डोजाङको आयोजनामा प्रथम प्राथमिक तह अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा चन्द्रागिरी नगरका ८ विद्यालयका करिब १ सय ७० जना खेलाडीहरूले सहभागिता जनाएका थिए । विभिन्न तौल समूह र श्रेणीमा प्रतिस्पर्धा गरिएका खेलहरू अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो । प्रतियोगितामा प्रशान्ति परिबोध स्कूल १५ स्वर्णसहित समूह […]
अवकाशको उमेरहदमा चलखेल, उमेर ५८ लाई ५९ बनाउँदा कसलाई फाइदा, कसलाई बेफाइदा ?

सुरेन्द्र काफ्ले काठमाडौं : प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल भइरहेको संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष हुने व्यवस्था गरिएको छ। यसअघि निजामती कर्मचारीको उमेरहद ५८ वर्ष थियो। यो चरणबद्ध रूपले लागू हुने भएको छ। विधेयक पारित भएको आर्थिक वर्षमा ५८ वर्षमा नै अवकाश हुने, दोस्रो वर्ष ५९ वर्षमा र तेस्रो वर्षदेखि ६० […]
निजामती विधेयक- पछि हट्यो सरकार, कर्मचारीको अवकाश उमेर ५८ वर्ष राख्ने सहमति

काठमाडौं । निजामती विधेयकमा कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष राख्ने सहमति जुटेको छ । आज ५८ वर्षमा सहमति जुटेपनि हिजो सत्तापक्षका सांसद र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समेत ५९ वर्ष राख्नुपर्ने अडानमा थिए । जसका कारण हिजोको बैठकमा सहमति जुट्न सकेको थिएन ।
ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा

काठमाडौँ । ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा स्थापना गरेको छ। राजधानीका चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा शाखा सञ्चालन गर्दै आएको यस अस्पतालले अब ललितपुरवासीलाई पनि नजिकैबाट गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने भएको हो । उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो भने सोही अवसरमा निःशुल्क दन्त […]
चन्द्रागिरिमा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि खुल्ने

काठमाडौं । सरकारले भदौ ३० गतेदेखि देशैभर चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपत्यकाको तीन जिल्लासहित २६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । भदौ ८ गते बसेको विभागीय मन्त्रीस्तरीय बैठकले भदौ ३० गतेदेखि आगामी छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय […]