काठमाडौँ । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय इम्बोस्ट नम्बर प्लेटमा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा मात्र प्रयोग गर्नुपर्ने भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञापन
आयोगका अनुसार संविधानको धारा ७ ले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा आधारित नेपाली भाषा हुने स्पष्ट व्यवस्था गरेको छ। सर्वोच्च अदालतको २०७८ असार ७ गतेको फैसलाले पनि यो प्रावधानलाई पुष्टि गरेको स्मरण गराउँदै आयोगले अन्य लिपिको प्रयोग असंवैधानिक हुने उल्लेख गरेको छ।
विज्ञापन
भाषा आयोगको भदौ १७ गते विज्ञप्ति निकालेर सरकारलाई पुनः ध्यानाकर्षण गराएको हो।
