विज्ञापन

'ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा'

काठमाडौँ । ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा स्थापना गरेको छ। राजधानीका चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा शाखा सञ्चालन गर्दै आएको यस अस्पतालले अब ललितपुरवासीलाई पनि नजिकैबाट गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने भएको हो । उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो भने सोही अवसरमा निःशुल्क दन्त स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

विज्ञापन

अस्पतालका डा. सुवास घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै अस्पताल खोल्नुको मुख्य उद्देश्य डाक्टर भएर मात्र होइन समाजलाई बदल्ने सोचका साथ सेवा दिने रहेको बताए । उनका अनुसार अस्पताल भनेको केवल उपचार गर्ने स्थान मात्र नभई विचार, सोच र जीवनशैलीलाई सुधार गर्ने केन्द्र हुनुपर्छ । उनले भने, “मान्छेमा कथा बनाउने र बाँच्ने कला हुन्छ। ती कथाले जीवनलाई दिशा दिन्छन् । हामीले अस्पताल खोलेको कारण डाक्टर हुनु मात्र होइन विचारमार्फत समाज परिवर्तन गर्ने लक्ष्य हो ।”

विज्ञापन

यस उद्घाटन समारोहमा २० जना पत्रकार र ५ जना सामाजिक अभियानतालाई विशेष सम्मान प्रदान गरिएको थियो । समारोहमा सम्मानितहरूले स्वास्थ्य सेवा प्रवर्धन र समाजका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै, उनीहरूको भूमिका र मेहनतको कदर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम

त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने