विज्ञापन

'शोणितपुरमा प्रथम प्राथमिक तह अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न'

काठमाडौँ । शोणितपुर तेक्वान्दो डोजाङको आयोजनामा प्रथम प्राथमिक तह अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

विज्ञापन

प्रतियोगितामा चन्द्रागिरी नगरका ८ विद्यालयका करिब १ सय ७० जना खेलाडीहरूले सहभागिता जनाएका थिए । विभिन्न तौल समूह र श्रेणीमा प्रतिस्पर्धा गरिएका खेलहरू अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो ।

विज्ञापन

प्रतियोगितामा प्रशान्ति परिबोध स्कूल १५ स्वर्णसहित समूह विजेता बन्न सफल भयो भने शोणितपुर तेक्वान्दो डोजाङ १० स्वर्ण जितेर दोस्रो भयो । त्यस्तै, पुष्प बाटिका स्कुल ७ स्वर्णसहित तेस्रो हुन सफल भयो ।

यसैगरी, प्रतियोगितामा “बेस्ट फाईटर” (पुरुष) ट्रफी शोणितपुर तेक्वान्दो डोजाङका तेजस अधिकारीले तथा “बेस्ट “फाईटर (महिला) ट्रफि ब्राइट किन्डर वर्ल्डकी आश्रिया ढुङ्गानाले हात पार्न सफल भएका छन् ।

आयोजक संस्थाका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा तेक्वान्दो खेललाई अझ प्रोत्साहन गर्ने र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा ठूलो योगदान पुर्‍याउने जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम

त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने