काठमाडौँ । नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १० को वडा अधिवेशन सम्पन्न गरिएको छ ।
विज्ञापन
नेपाली काङ्ग्रेसको युवा संगठन नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं १० को वडा अधिवेशनले वीरकृष्ण महर्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
विज्ञापन
नेपाली काङ्ग्रेसका नेता धर्मानन्द श्रेष्ठ, नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० का अध्यक्ष ईश्वर लामा तथा जिल्ला सदस्य बसन्ती श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न गरिएको अधिवेशनले उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रमिला शाही र सचिवमा प्रिन्स महर्जनसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।