प्रधानमन्त्री कार्कीले शीतलनिवास पठाइन् यी ५ नयाँ मन्त्रीको नाम

काठमाडाैं । प्रधानमन्त्री  सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्। त्यस्तै कृषिमन्त्रीमा मदन परियार, पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने […]

सरकारद्वारा जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो । विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको सरकारले जनाएको छ । […]

विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव शाक्य

काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सिफारिसमा शाक्यलाई हटाइएको हो । मनोज सिलवाल लामो समयदेखि प्राधिकरणभित्र प्राविधिक र प्रशासनिक अनुभव बटुलेका अधिकृत मानिन्छन् । सरकारले शाक्यको सरुवाको […]

चन्द्रागिरि नृत्य कलाकर्मी संघको साधारण सभा असोज ११ गते

काठमाडाैं । चन्द्रागिरि नृत्य कलाकर्मी संघको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा असोज ११ गते हुने भएको छ । नृत्य विधामा कृयाशिल कलाकार तथा प्रशिक्षकहरूको साझा संस्था नृत्य कलाकर्मी संघ विगत केहि समयदेखि आफ्नो पेशागत हकहित एवं समग्र नृत्य र कला क्षेत्रको विकासमा समर्पित संस्था हो । चार वर्ष अगाडि नै चन्द्रागिरि नगर क्षेत्रलाई कार्यस्थल बनाइ […]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर जलाइयो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर आन्दोलनकारीले जलाइदिएका छन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ती घर जलाइदिएका हुन् । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागले आज सार्वजनिक गरेको विवरणमा देउवासहित उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतमा रहेको घर, महामन्त्री गगन थापाको रातोपुलमा रहेको घर, अर्का […]

आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् आजै विस्तार गर्ने तयारी गरेकी छिन् । विभिन्न व्यक्ति र समूहलाई समेट्ने क्रममा उनले जेनजी समूहलाई समेत सरकारमा ल्याउने निर्णय गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीका अनुसार मन्त्री बन्ने सम्भावित व्यक्तिहरूका कागजात संकलनको काम भइरहेको छ । ‘मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । […]

प्रचण्डको प्रस्तावः केन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति भंग गरेर मंसिरमै विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै सो प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले नेतृत्व हस्तान्तरण तथा पार्टी पुनर्गठनलाई […]

आजदेखि सोह्र श्राद्ध सकिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्र श्राद्ध आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने […]

विज्ञान तथा प्रविधि मन्त्री बन्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी भएको छ । प्रधानमन्त्री कार्कीले पुनसँग छलफल गरेपछि उनी मन्त्री बन्न सकारात्मक देखिएका हुन् । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेकाले तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास भइरहेको छ ।  प्रधानमन्त्री कार्की भदौ २७ […]

गगन थापालाई महतको जवाफ- ‘घाउमा नुन छर्ने प्रवृत्ति’ स्वीकार्य छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनको आवाज उठाइरहेका बेला पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले थापाको आलोचना गरेका छन् । अहिलेको संवेदनशील घडीमा पार्टी एकता अपरिहार्य रहेको भन्दै डा. महतले घाउमा नुन छर्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन् । आन्दोलनका क्रममा जलाइएको आफ्नै घरको भग्नावशेषबाट सम्बोधन गर्दै महतले महामन्त्री थापाको नाम नलिई उनीप्रति तीव्र […]