काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनको आवाज उठाइरहेका बेला पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले थापाको आलोचना गरेका छन् । अहिलेको संवेदनशील घडीमा पार्टी एकता अपरिहार्य रहेको भन्दै डा. महतले घाउमा नुन छर्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।
विज्ञापन
आन्दोलनका क्रममा जलाइएको आफ्नै घरको भग्नावशेषबाट सम्बोधन गर्दै महतले महामन्त्री थापाको नाम नलिई उनीप्रति तीव्र असन्तुष्टि पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचाररत रहेको बेला नेतृत्व परिवर्तनको बहस चलाउन खोज्नु अनुपयुक्त भएको उनको भनाइ थियो ।
विज्ञापन