काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् आजै विस्तार गर्ने तयारी गरेकी छिन् ।
विज्ञापन
विभिन्न व्यक्ति र समूहलाई समेट्ने क्रममा उनले जेनजी समूहलाई समेत सरकारमा ल्याउने निर्णय गरेकी हुन् ।
विज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीका अनुसार मन्त्री बन्ने सम्भावित व्यक्तिहरूका कागजात संकलनको काम भइरहेको छ ।
‘मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने छ,’ ती अधिकारीले भने, ‘उनीहरूको नाम आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा उल्लेख गरिनेछ ।’
यसैबीच, राष्ट्रपति कार्यालयले पनि मन्त्रीहरूको नामावली आउने जानकारी प्राप्त भइसकेको पुष्टि गरेको छ ।
तर अहिलेसम्म को–को मन्त्री बन्नेछन् भन्नेबारेमा भने कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।