विज्ञापन
No data was found

'सरकारद्वारा जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन'

काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

विज्ञापन

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

विज्ञापन

विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको सरकारले जनाएको छ । कार्कीले पदभार सम्हालेसँगै आन्दोलनका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएकी छन् ।

सरकारी स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । आयोगले मृत्यु, सम्पत्तिमा क्षति, दमन र सम्भावित मानव अधिकार उल्लंघनका घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌