विज्ञापन
No data was found

'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर जलाइयो'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर आन्दोलनकारीले जलाइदिएका छन् ।

विज्ञापन

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ती घर जलाइदिएका हुन् ।

विज्ञापन

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागले आज सार्वजनिक गरेको विवरणमा देउवासहित उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतमा रहेको घर, महामन्त्री गगन थापाको रातोपुलमा रहेको घर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको डेरा र झापामा रहेको घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारामा रहेको घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषामा रहेको घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको काठमाडौँमा रहेको डेरामा रहेका सामान तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनमा रहेका दुई घर जलाइएको उल्लेख छ ।

त्यस्तै आन्दोलनकारीहरूले पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाका घर पनि जलाएर ध्वस्त पारेका विवरणमा देखाइएको छ ।

पूर्वसहमहामन्त्री डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा.गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको पनि घर जलेको उल्लेख छ ।

पार्टीका बागमती प्रदेश सभापति तथा बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको घर पनि  आन्दोलनकारीले जलाइदिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌