काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति भंग गरेर मंसिरमै विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।
विज्ञापन
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।
विज्ञापन
उनले नेतृत्व हस्तान्तरण तथा पार्टी पुनर्गठनलाई समयानुकूल आवश्यक भएको उल्लेख गर्दै, निरन्तरतामा क्रमभंगको पूरानै नीति दोहोर्याएका छन् ।