पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने

काठमाडौं । पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सम्बन्धि प्रक्रिया अगाडि बढेको छ । विगत लामो समयदेखि स्वास्थ्य समस्याले पिरोलिएकी पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सम्बन्धि प्रक्रियाका लागि आज अस्पताल भर्ना हुने र सम्भवत: भोलि सम्पूर्ण स्वास्थ्य परिक्षण पश्चात् डाक्टरहरूको सल्लाह अनुसार उनको कलेजो प्रत्यारोपण गरिने […]

“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”

काठमाडाैं । प्रहरी प्रभाग बलम्बुको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विष्णुदेवी सामुदायिक भवन सतुंगलमा भएको कार्यक्रममा थानकोट प्रहरी वृत्तका डिएसपी एलिजा गिरीले जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी भवनको पुनर्निर्माणमा स्थानीय बासिन्दाले खेलेको भूमिकाको प्रसंशा गरेकी छिन् । चन्द्रागिरि नगरपालिका वडा नं १० का वडाध्यक्ष शिव कुमार महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा […]

साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई

काठमाडाैं । साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठले बताएकी छिन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले त्यस्ता प्रकृतिका उद्योगलाई प्रवर्द्धन गर्ने दायित्व बागमती सरकारको समेत रहेकाले त्यसका लागि आफुहरूले गम्भीरतापूर्वक कार्य […]

ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्ध कमाल गाउँपालिका २ भडारेका २ परिवारका सदस्यले ज्यान गुमाएका हुन् । सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा स्थायी ठेगाना भएको २ परिवारका ९ जना […]

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न […]

कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढेको छ। सीताराम केसी नेतृत्वको निर्वाचन समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने गरी मंगलबार निर्वाचन तालिका सार्वजनिक गरेको छ । यो निर्वाचन नेपाली कांग्रेसको विधान २०७९ (संशोधनसहित), नियमावली २०८४ तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ बमोजिम सञ्चालन हुने […]

थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने

काठमाडौं । थानकोट, पानीघाटस्थित पेमा ठिन्ले रावग्यलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम गरिने भएको छ । धर्म गुरु टुल्कु साङगे शेडुव तेन्जिन रिम्पोछेको विशेष उपस्थितिमा चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोट, पानीघाटस्थित गुम्बा परिसरमा माघ ४ गते “अमिताभ बुद्धको आयु अभिषेक” (वाङ) प्रदान गरिने हुँदा सम्पूर्ण झिन्दाग भक्तजनहरूलाई सहभागिताका लागि आयोजक समितिका अध्यक्ष निर बहादुर […]

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्वनिर्धारित समय तालिका परिवर्तन भएको छ । पौष २९ गते मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्नेगरि समय तालिका परिवर्तन भएको हो । काङ्ग्रेस केन्द्रिय समिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र ७ […]

माघ ३ गते पहिलो चन्द्रागिरि नगरस्तरीय बाँसुरी बाजा सम्मेलन हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक नगरस्तरीय बाँसुरी बाजा सम्मेलनको आयोजना हुनेभएको छ । सतुंगल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिको आयोजनामा माघ ३ गते शनिबार बिहान ११ बजेदेखि सतुंगलको लाछिटोलमा पहिलो चन्द्रागिरि नगरस्तरीय बाँसुरी बाजा सम्मेलन हुन लागेको हो । चन्द्रागिरि नगरपालिका साँस्कृतिक सम्पदाको शहरका रूपमा प्राचीन समयदेखि विशिष्ट रहिआएको । सोही सन्दर्भमा […]