विज्ञापन
No data was found

'पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपणको तयारी, अप्रेसन छिट्टै हुने'

काठमाडौं । पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सम्बन्धि प्रक्रिया अगाडि बढेको छ ।

विज्ञापन

विगत लामो समयदेखि स्वास्थ्य समस्याले पिरोलिएकी पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सम्बन्धि प्रक्रियाका लागि आज अस्पताल भर्ना हुने र सम्भवत: भोलि सम्पूर्ण स्वास्थ्य परिक्षण पश्चात् डाक्टरहरूको सल्लाह अनुसार उनको कलेजो प्रत्यारोपण गरिने बताइएको छ ।

विज्ञापन

करिब एकमहिना अगाडि नै उनको कलेजोको निष्क्रिय नसा खोल्ने कार्य भइसकेको साथै केहि समय औषधि सेवन र आराम गर्ने अवधि पश्चात् सम्पूर्ण स्वास्थ्य अवस्थाको चेकजाँच गरि कलेजो प्रत्यारोपण गर्ने तयारी अनुसार नै आलेलाई अस्पताल भर्ना गरिन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उसो त दुईदिन अगाडि शोणितपुर खबरले पूर्वमन्त्री रमा आलेसँग उनको पछिल्लो स्वास्थ्य अवस्था र कलेजो प्रत्यारोपण सम्बन्धि विषयमा मेसेजमा कुराकानी गर्दा आफू पूर्णत: स्वस्थ रहेको र पहिलो चरणको उपचार सकिएको साथै अन्तिम र निर्णायक शल्यक्रिया छिट्टै हुने जानकारी दिएकी थिइन् ।

प्रारम्भमा पेटको समस्याले थलिएकी आलेको पछिल्लो समय कलेजोमा समेत गम्भीर समस्या देखिएपछि भारतको मेदान्त अस्पतालमा उनको उपचार चलिरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌