विज्ञापन
No data was found

'साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठको भनाई'

काठमाडाैं । साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विन्दु श्रेष्ठले बताएकी छिन् ।

विज्ञापन

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले त्यस्ता प्रकृतिका उद्योगलाई प्रवर्द्धन गर्ने दायित्व बागमती सरकारको समेत रहेकाले त्यसका लागि आफुहरूले गम्भीरतापूर्वक कार्य गरिरहेको बताएकी हुन् ।

विज्ञापन

उद्योगी, व्यवसायीहरूले गरेको उत्पादनको बजारीकरण र सीप, क्षमताको प्रोत्साहन गर्दै व्यवसाय प्रवर्द्धन गर्नका लागि बागमती सरकार अन्तर्गतका १३ वटै जिल्लाबाट उत्कृष्ट उद्यमीहरू छनोट गरेर सम्मान गर्ने गरिएको साथै व्यवसायीहरूका समस्या समाधान गरेर अघि बढ्न बागमती सरकार सदैव तयार रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बागमती सरकारले हस्तकलालाई प्रवर्द्धन गर्न प्रत्येक वर्षको मंसिर २८ गते हस्तकला दिवस मनाउने गरी निर्णय गर्न लागेको जानकारी समेत दिइन् । त्यस्तै, उद्योग मन्त्रालयले नीति तथा कार्यक्रम मार्फत महिलाहरूले उद्योगधन्दा नविकरण गर्दा ५० प्रतिशत छुटको प्रावधान ल्याइसकेको स्मरण गराइन्

आफ्नो २२ औँ वार्षिक साधारण सभाको अवसरमा साना तथा मझौला व्यवसायी महासंघले नेपालको सञ्चार उद्यम क्षेत्रमा व्यवसायीक पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भुमिका खेलेको भन्दै न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल तथा गोरखा ब्लक तथा रेली उद्योगका सञ्चालक सावित्रा गर्तौला बस्नेतलाई उत्कृष्ट साना तथा मझौला व्यवसायी सम्मानबाट सम्मानित गरेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु