विज्ञापन
No data was found

'“आन्दोलनको क्रममा क्षति भएको थानकोट प्रहरी भवनको पुनर्निर्माणका लागि स्थानीयप्रति आभारी छु : डीएसपी गिरी”'

काठमाडाैं । प्रहरी प्रभाग बलम्बुको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विष्णुदेवी सामुदायिक भवन सतुंगलमा भएको कार्यक्रममा थानकोट प्रहरी वृत्तका डिएसपी एलिजा गिरीले जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी भवनको पुनर्निर्माणमा स्थानीय बासिन्दाले खेलेको भूमिकाको प्रसंशा गरेकी छिन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं १० का वडाध्यक्ष शिव कुमार महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा थानकोट प्रहरी वृत्तका प्रमुख एलिजा गिरी रहेकी थिइन् भने वडा नं ८ का वडाध्यक्ष प्रलाद रिजाल तथा वडा नं ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, बलम्बु प्रहरी प्रभागका प्रमुख लक्ष्मी खड्काको विशेष आतिथ्यता रहेको थियो ।

विज्ञापन

स्थानीय बुद्धिजिवीहरू, वडा, टोल समुदायका प्रतिनिधिहरू, भैरवनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक , शिक्षक, विध्यार्थीहरू, विभिन्न क्षेत्रका उद्योगी व्यावसायीहरू, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा थानकोट प्रहरी भवनको पुनर्निर्माण तथा पुनःसंचालनमा साथ दिने स्थानीयहरूलाई थानकोट प्रहरी प्रमुख गिरीले आभार व्यक्त गरेकी हुन् ।

भाद्र २४ गतेको आन्दोलनका क्रममा प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्वु तथा नागढुंङ्गा लगायतका भौतिक संरचनामा आगजनी र तोडफोड भएका थिए । चन्द्रागिरि नगरबासीको साथ र सहयोगमा ति संरचनाहरू पूर्णरूपमा पुनः संचालनमा आएका थिए ।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌