विज्ञापन
No data was found

'थानकोटस्थित पेमा ठिन्ले रावग्येलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम हुने'

काठमाडौं । थानकोट, पानीघाटस्थित पेमा ठिन्ले रावग्यलिङ गुम्बाको आयोजनामा “वाङ” प्रदान कार्यक्रम गरिने भएको छ ।

विज्ञापन

धर्म गुरु टुल्कु साङगे शेडुव तेन्जिन रिम्पोछेको विशेष उपस्थितिमा चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोट, पानीघाटस्थित गुम्बा परिसरमा माघ ४ गते “अमिताभ बुद्धको आयु अभिषेक” (वाङ) प्रदान गरिने हुँदा सम्पूर्ण झिन्दाग भक्तजनहरूलाई सहभागिताका लागि आयोजक समितिका अध्यक्ष निर बहादुर श्रेष्ठले अनुरोध गरेका छन् ।

विज्ञापन

बौद्ध दर्शनको उदात्त भावनालाई अहिलेको चरम भौतिकवादी समयमा थप विस्तार गर्न र स्थानीय स्तरमा धार्मिक, साँस्कृतिक सद्भावसहितको आध्यात्मिक केन्द्र स्थापना गर्ने उद्देश्यले विगत केहि समयदेखि निर्माण थालिएको पेमा ठिन्ले रावग्येलिङ गुम्बा थानकोट, पानीघाटस्थित चन्द्रागिरि पर्वत शृङ्खलाको काखमा अवस्थित छ ।

स्थानीय सामाजिक जीवनमा विभिन्न कृयाकलाप गर्दै आइरहेको उक्त संस्थाले माघ ४ गते आइतबार दिउँसो १ बजेदेखि विशेष “वाङ” प्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌