काठमाडौं । अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएका अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि पराजुलीले उजुरी दिएकी हुन् ।
विज्ञापन
प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौच र धम्की दिइएको छ । उनलाई बलत्कारसम्म गर्ने किसिमका धम्कीहरु सामाजिक सञ्जालका कमेन्टमा आइरहेका छन् । त्यस्ता कमेन्ट गर्नेविरुद्ध उनले बुधबार उजुरी दिएकी साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीले जानकारी दिए ।
विज्ञापन