विज्ञापन
No data was found

'३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ'

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोल बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।

विज्ञापन

पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय सुरेश तामाङ, दोलखा भीमेश्वर–६ का २२ वर्षीय सञ्जीव घिसिङ, धनुषा घर भएका २२ वर्षीय सुरेन्द्र कुमार रौनियार र काभ्रे रोशी गाउँपालिका–९ का २३ वर्षीय रोहित राना मगर रहेका छन्।

विज्ञापन

ब्युरोका अनुसार अनुसन्धानको क्रममा चैत १७ गते सुरेश तामाङलाई प्रारम्भिक रूपमा पक्राउ गर्दा उनको साथबाट ३१ हजार ८ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो। सोही बयानका आधारमा सञ्जीव घिसिङलाई पक्राउ गर्दा उनको साथबाट थप १ हजार ९९६ क्याप्सुल फेला परेको थियो। उनीहरूको नेटवर्कमार्फत संलग्न अन्य दुई जनालाई पनि पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

भोलिदेखि संसद् अधिवेशन सुरु हुँदै

प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत