विज्ञापन
No data was found

'थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने'

काठमाडाैं । थाहा नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा हुने उक्त प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।

विज्ञापन

प्रतियोगितामा सहभागी हुन थाहा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ७,५०० रुपैयाँ तोकिएको छ भने प्रत्येक टिममा १२ देखि १६ जना खेलाडी हुनुपर्नेछ।

विज्ञापन

प्रतियोगिता आईसीसी (ICC) को नियमअनुसार सञ्चालन गरिनेछ। प्रत्येक खेल जितेमा टिमले २ अंक प्राप्त गर्नेछ भने टिम संख्या अनुसार प्रतियोगिताको ढाँचा निर्धारण गरिनेछ।

प्रतियोगितामा विजेता टिमले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै ‘प्लेयर अफ द टुर्नामेन्ट’, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएकाे छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

भोलिदेखि संसद् अधिवेशन सुरु हुँदै

प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत