काठमाडाैं । देशभरका नापी तथा मालपोत कार्यालयमा अब अनधिकृत व्यक्तिले प्रवेश नपाउने भएका छन्।
विज्ञापन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिचय खुल्ने कागजात हेरेर मात्रै कार्यालयमा प्रवेश गराउन निर्देशन दिएको छ।
विज्ञापन
भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको निर्देशन र सचिवस्तरीय निर्णयअनुसार नापी विभागले बुधबार देशभरका विशेष नापी कार्यालय र सबै नापी कार्यालयलाई पत्राचार गर्दै यो व्यवस्था तत्काल लागू गर्न आदेश दिएको हो।
