विज्ञापन

'चट्टानको चीरा छेड्दै फेरि पलाउने छु'

जब रातले नै निन्द्रालाई निषेध गर्छ
जोर्नीजोर्नी विहानै बरफ बनेर जम्छ
दिक्दारीका सर्कोसँगै दिन अस्ताउँदै जान्छ
नि-स्वाद पिउनु हुन्छ
निशब्द सुत्नुहुन्छ, निराकार उठ्नुहुन्छ
बेस्वाद खाएर मौनतामा बरबराउनु हुन्छ
भन्नोस्, तपाईँ के गर्नुहुन्छ?

विज्ञापन

एउटा जा-गिर थियो, त्यो सिद्धियो
व्याङ्कमा केही पै-सा थियो, त्यो रित्तियो
एउटा मुस्कुराउने घर् थियो, त्यो टुक्रियो
एकान्त खेतको डिलमा एक्लै
झोक्राएर बसेको छु
फाँटमामा – बसेका, चरेका, उडेका परेवा
हेरेको छु। सोच्दैछु
जब परेवा बाजको पौँजामा पर्छ
एक-एक गर्दै रौँ-पखेटा उखेल्न थाल्छ
उदास आँखाका परेली लत्रिन लाग्छ
भन्नोस्, तपाईँ के गर्नुहुन्छ?

विज्ञापन

तपाईँ के गर्नुहुन्छ
जब जिन्दगीको उर्लिँदो बाढीमा
बगेको काठको थामो समाउँदै
ईश्वरलाई गुहार्नु हुन्छ?
तपाईँ के गर्नुहुन्छ
जब जिन्दगीको भिषण पहिरोमा
चट्टानमुनि ओत लाग्दै
आमा-आमा पुकार्नु हुन्छ?

व्यस्त सडकको फुटपाथमा
बेमतलब हिँडिरहेका –
हाँसिरहेका – यात्रीमाझ
परित्यक्त लडेको बृद्ध बिरामीजस्तो
खाली खल्तीको भारी बोकेर
अस्पतालको आँगनमा
दुधे-बालखको मृत्य पर्खिरहेकी आमाजस्तो
जब भाग्यले निरन्तर लाठी बर्षाइ रहन्छ
नसानसामा रगत होइन, आँशु बहन्छ
इष्ट देवता अनिष्ट हुन्छन्
कूल देवता क्रुर हुन्छन्
भन्नोस्, तपाईँ के गर्नुहुन्छ?

मलाई दोष नदिनुहोस्
मलाई दोष नदिनुहोस्
भन्नोस्, तपाईँ के गर्नुहुन्छ?

अहिलेलाई यत्ति बुझ्नोस्:

म मरिसकेको छैन
मरेतुल्य बेहोस भएको छु
निमोठिएको पिपलको जराबाट
चट्टानको चीरा छेड्दै – म फेरि पलाउने छु
पिपल थिएँ, पिपल हुँ, पिपल नै रहने छु !

( कविता मिश्रको फेसबूक वालबाट साभार गरिएको हो । )

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता