विज्ञापन
No data was found

'नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न'

काठमाडाैं । नेवा: देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न गरिएको छ ।

विज्ञापन

नागार्जुन नगरपालिकामा नेपाल भाषा, संस्कृति संरक्षण प्रवर्द्धन र मातृभाषा शिक्षाको लागि पहल कदमी गर्दै आएको नेवाः देय् दबू जामाच्व नगर समिति कार्य सम्पादन तर्फ काठमाडौं जिल्लाभर ११ नगर समिति मध्ये उत्कृष्ट छनौट भएकोमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

विज्ञापन

शुभकामना आदानप्रदान तथा वडा समिति विस्तार कार्यक्रममा नेवाः देय् दबू जामाच्व नगर समितिका नाय अजित पुतुवारसहित अन्य पदाधिकारी, सल्लाहकारहरू, वरिष्ठ न्वकू (उपाध्यक्ष ) विश्वराम बलामी, यें जिल्ला समिति अध्यक्ष धनबहादुर तिमला महर्जन लगायतको उपस्थिति रहेकोे थियो । सोही अवसरमा तेजबहादुर मानन्धरको अध्यक्षतामा ९ सदस्यीय नागार्जुन नगरपालिका वडा नं ६ जामाच्व नगर समिति गठन गरिएको छ ।

कार्यक्रममा काठमाडौं जिल्लाबाट २०८२ सालमा कार्य सम्पादन तर्फ उत्कृष्ट समितिको रूपमा जामाच्व नगर समितिलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा नेवाः देय् दबूका पूर्व केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकारले नेवाः देय् दबू जामाच्व नगर समितिका नाय अजित पुतुवारलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌