विज्ञापन
No data was found

'चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत'

काठमाडाैं । चन्द्रागिरि साहित्य समाजको आयोजना तथा चन्द्रागिरि नगर सामुदायिक विद्यालय समितिको सह-आयोजनामा भएको कार्यक्रममा ५ जना अग्रज स्रष्टाहरूलाई सम्मान तथा कविता प्रतियोगिताका ५ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

विज्ञापन

विगत लामो समयदेखि चन्द्रागिरि नगर क्षेत्रमा साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा कार्य गर्दै आइरहेको चन्द्रागिरि साहित्य समाजले चन्द्रागिरिमा रहेर साहित्य तथा संगीतको उन्नयनमा समर्पित अग्रज स्रष्टाहरूलाई सम्मान तथा नगरस्तरिय सामुदायिक विद्यालय केन्द्रित कविता प्रतियोगिताको आयोजना गर्ने क्रममा वरिष्ठ साहित्यकारहरू मुकुन्द आचार्य, भुवनहरि सिग्देल, लक्ष्मी माली, तेजप्रकाश श्रेष्ठ तथा संगीत प्रवीण धनबहादुर गोपालीलाई सम्मान गरिएको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्रष्टा सम्मान तथा चन्द्रागिरि नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा ८, ९ र १० कक्षामा अध्ययन गर्ने छात्रा, छात्रहरूबिच गरिएको अन्तर-विद्यालय कविता प्रतियोगिताका ५ उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको हो ।

अग्रज स्रष्टा सम्मान अन्तर्गत चन्द्रागिरिमा रहेर साहित्य तथा संगीतको उन्नयनमा समर्पित अग्रज स्रष्टाहरू मुकुन्द आचार्य, तेजप्रकाश श्रेष्ठ, भुवनहरि सिग्देल, लक्ष्मी माली तथा धनबहादुर गोपालीलाई चन्द्रागिरि साहित्य समाजले दोसल्ला ओढाएर नगद तथा कदरपत्रले सम्मान गरेको थियो ।

त्यस्तै, अन्तरविद्यालय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी विद्यामन्दिर माध्यामिक विद्यालयकी विजया दुलाल, दोस्रो स्थान हासिल गर्न सफल मंगल माध्यामिक विद्यालयकी पवित्रा भूजेल, तेस्रो स्थान हासिल गर्न सफल मङ्गलोदय माध्यामिक विद्यालयकी सिम्रन सुनार साथै चौथो स्थान हासिल गर्न सफल विष्णुदेवी शिक्षा सदनका दिलखुस ठाकुर र पाचौं स्थान हासिल गर्न सफल विष्णुदेवी माध्यामिक विद्यालयकी भूमिका पूरीलाई नगद, प्रमाणपत्र र पुस्तक प्रदान गरेर पुरस्कृत गरिएको थियो ।

चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठको सभाध्यक्षता तथा कार्यक्रम संयोजक कविन्द्र गोपालीको संयोजनमा फागुन २ गते शनिबार चन्द्रागिरि नगरपालिकाको वडा नं ३ स्थित मङ्गलोदय माध्यामिक विद्यालयमा सम्पन्न गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, इतिहासकार रविन्द्र रिजाल, स्थानीय बुद्धिजीवी तथा विभिन्न विद्यालयका शिक्षक लगायत साहित्य अनुरागीहरूको उपस्थिति रहेकोे थियो ।

चन्द्रागिरि नगरपालिकाका १० ओटा सामुदायिक विद्यालयबाट २० जना छात्र तथा छात्राहरूले सहभागिता जनाएको अन्तरविद्यालय कविता प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक शेखरकुमार श्रेष्ठ तथा सदस्यहरूमा शेखर अर्याल र शान्ता पन्थी “शान्तिदीप” रहेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्रः प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने