विज्ञापन
No data was found

'मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म'

काठमाडाैं । आसन्न फागुन २१ गते हुने निर्वाचनमा मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीले दैनिक भत्ता २५ सय सम्म पाउने भएको छ ।

विज्ञापन

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदान केन्द्र र सुरक्षा अनुगमन टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता, मतदान केन्द्र निर्माण, मतपेटिका ढुवानी लगायतका खर्च विवरण अनुसार मतदान केन्द्रतर्फ मतदान अधिकृतले दैनिक २५ सय, सहायक मतदान अधिकृतले २ हजार प्रतिदिन (सहायक मतदान अधिकृत, अधिकृत स्तरको कर्मचारी भएमा दैनिक भत्ता तथा भ्रमण खर्च मतदान अधिकृत सरह पाउने छन् ।

विज्ञापन

त्यस्तै, सहायक कर्मचारीले १ हजार ६ सय, सहयोगी कर्मचारीले १ हजार २ सय र स्वयंसेवकले पनि प्रतिदिन १ हजार २ सय रुपैयाँ भत्ता पाउने छन् ।

साथै, मतदान केन्द्र निर्माण खर्चतर्फ भवन उपलब्ध भएको स्थानमा ७ हजार र भवन उपलब्ध नभएको स्थानमा १५ हजार रुपैयाँ खर्चको व्यवस्था गरिएको छ ।

त्यस्तै, मतपेटिका तथा निर्माण सामाग्री दुवानी खर्चतर्फ प्रति २० किलोमिटर ३ हजार र विविध तथा भैपरी आउने खर्च, पानी, बिजुली र सञ्चार खर्च समेत जोडेर सम्बन्धित मतदान अधिकृतलाई एकमुष्ठ ५ हजार बुझाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌