विज्ञापन
No data was found

'चन्द्र ढकालले २ अर्ब बढीको लगानीमा खोले कागज उद्योग'

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाको गौशाला-१ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ ।

विज्ञापन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

विज्ञापन

नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको अध्यक्ष ढकाल बताउँछन् । २०७८ मा शिलान्यास भएको उद्योगले निर्माण सकिएसँगै केही समयअघि उत्पादन सुरु गरेको छ ।

उत्पादन सुरु भए पनि उद्योगको औपचारिक उद्घाटन भने यसै साता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको औपचारिक उद्घाटन गर्ने तय भएको छ ।

स्वदेशी कच्चापदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएको ढकालले बताए । उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत