विज्ञापन

'भोलीबाट एसईई परीक्षा सुरु : पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै'

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार (भोलि)देखि सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्ड(एसईई)ले जनाएको छ। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाअनुसार परीक्षाको सबै तयारी पूरा भएको छ।

विज्ञापन

बोर्डकाअनुसार यो वर्ष कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

विज्ञापन

देशभरका ११ हजार ६१५ र नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँदैछन्। प्राविधिकतर्फ देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई