काठमाडौँ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् ।
विज्ञापन
सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकपछि रास्वपाका नेता सन्तोष परियारले संसदमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध गर्ने निर्णय गरेको जानकारी दिए। ‘सरकारले दुई तिहाइ दम्भका आधारमा नेपाल विदयुत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङलाई बाहिर निकालेको छ। यसको विरुद्ध संसदमा सशक्त रुपमा उत्रिनेछौं।
विज्ञापन