काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूका सांसदहरूले उठेर विरोध जनाए।
विज्ञापन
सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई समय दिएका थिए। बोल्ने क्रममा माओवादी सांसद बस्नेले सरकारले दुई तिहाइको दम्भ देखाएर कुलमानलाई पदबाट बर्खास्त गरेको आरोप लगाए। उनले घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए।