विज्ञापन
No data was found

'सर्वोच्चमा सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध रिट दर्ता'

काठमाडौं  । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता चन्द्रप्रकाश भुसालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासन उल्लङ्घन गरिएको भन्दै रिट निवेदन दर्ता गरेका हुन्।

विज्ञापन

रिट निवेदनमा ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ८५ करोड रुपैयाँभन्दा बढी खर्च गरी विलासी आवास निर्माण गरिएको उल्लेख छ।

विज्ञापन

प्रदेश  प्रमुख  तथा मुख्यमन्त्रीका लागि संघीय राजधानीमा दोहोरो सुविधा दिने निर्णय नेपालको संविधान र विभिन्न ऐनविपरीत रहेको दाबी गर्दै भुसालले उक्त निर्णय बदर गर्न माग गरेका छन्। साथै, अनावश्यक रूपमा लिइएका आवास सुविधाको वित्तीय अडिट गरी राज्य कोषमा फिर्ता गराउन तथा आर्थिक अनुशासन कायम गर्न परमादेश जारी गर्न सरकारका नाममा माग गरिएको छ। यस विषयमा सर्वोच्च अदालतमा चैत १५ गते पेसी तोकिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत