काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले विरोध प्रदर्शन कार्यक्रम तय गर्न बैठक बोलाएको छ ।
विज्ञापन
रास्वपा चन्द्रागिरि नगर समितिको आयोजनामा भ्रष्ट र अधिनायकवादी दुई तिहाई सरकार र तिनका मतियारहरूद्वारा संचालित राज्य व्यवस्था विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गर्न तथा ध्यानाकर्षण, चेतावनी लगायत देश र जनताको पक्षमा आगामी दिनहरूमा गरिने कार्यक्रमका लागि रणनीति तयार गर्न चैत्र १४ गते बिहीबार बैठक डाकिएको रास्वपाका नगर पार्टी सचिव मधुकर बस्नेतले जानकारी दिएका छन् ।
विज्ञापन
चन्द्रागिरि पार्टी प्यालेसमा बिहान ७:३० बजे बस्न लागेको बैठकमा वृहत् जनप्रदर्शनको तयारी गर्ने, नागरिक समाज, स्थानीय बुद्धिजीवी तथा अन्य पार्टीसँग समेत छलफल गरेर एकीकृत विरोध प्रदर्शनको लागि पहल गर्ने रास्वपा नगर समितिले जनाएको छ ।