काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोगमा गर्न लागेको हो ।
उनले यहाँ आउने आर्थिक अवस्था कमजोर भएका कोही पनि बालबालिका उपचारबाट वञ्चित हुनुनपर्ने बताए । मन्त्रालयले केन्द्रलाई ५०० बालबालिकाको शल्यक्रियासहित मुटुको उपचारका लागि प्रतिबालबालिका रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
चालु आर्थिक वर्षको पुससम्म ४८० बालबालिकाले केन्द्रबाट निःशुल्क मुटुको शल्यक्रियासहित उपचार सेवा पाएका केन्द्रका कार्यकारी निर्देशक मल्लले जानकारी दिए ।
आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भनेर थप आर्थिक स्रोतको व्यवस्थापन गर्न थालिएको उनी बताउँछन् । उनका अनुसार नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ ।