काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैर राजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन् ।
विज्ञापन
बुधवार संघीय संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसद्मा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको टिप्पणी गरेका हुन् ।
विज्ञापन
सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरूलाई पास गर्न नदिनको लागि दुराशययुक्त ढङ्गबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ । कर्मचारीको नियुक्ति, पदमुक्त र सरुवा गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने उनको भनाइ छ ।