विज्ञापन
No data was found

'थाहानगर-काठमाडौं संचालन हुने नारायणी यातायातका साधनहरू भएनन् अझै सुचारु, अन्यौल कायमै'

 

विज्ञापन

थाहानगर- काठमाडौं चल्ने नारायणी व्यवसायी संघमा आवद्ध सवारी साधनहरू सञ्चालन बन्द भएको पाँच दिन वितिसक्दा पनि अझै सञ्चालन हुन सकेका छैनन् ।

विज्ञापन

त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ३ स्कूल चोकमा गत सोमबार १२ जेठ साँझ भएको दुर्घटनामा तीन जना पैदल यात्रीको ज्यान गएपछि पीडितहरूको माग सुनुवाइ नभएको भन्दै संघमा आवद्ध सवारी साधनहरु सञ्चालनमा स्थानीयहरूले रोक लगाउँदै विरोध गरेका थिए । संघमा आवद्ध बा ३ ख ५९९० नम्बरको बसले सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिंदा सो दुर्घटनामा ३ जनाको ज्यान गएको थियो ।

उक्त दुर्घटनामा ज्यान गुमाएका थाहा–९ कपुँगाउँ, चित्लाङका लेखापढी व्यवसायी कृष्ण बलामीको परिवारले मृतकका बालबालिकालाई अध्ययनका लागि सहयोग गर्नुपर्ने माग राखेको तर हालसम्म पनि पीडित र सवारी धनी तथा संघबीच वार्ता हुन नसक्दा यातायात सञ्चालन अझै अन्यौलको विषय बनेको हो ।

सो दुर्घटना प्रकरणमा पीडित पक्षसँग वार्ता गर्नका लागि नारायणी यातायात संघका महासचिव सरोज कुमार खनाल तथा स्थानीय प्रतिनीधि ईलाका प्रहरी कार्यालय पालुङमा १६ जेठमा जम्मा भएको भए पनि पीडित पक्षहरू चित्लाङबाट पालुङ नआएपछि वार्ता हुन नसकेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्यालले बताए ! उनका अनुसार वार्ताका लागि संघका प्रतिनीधिसहित नगर प्रमुख उपप्रमुख ईलाका प्रहरी कार्यालयमा आएको तर पीडित पक्ष उपस्थित नभएकाले वार्ता हुन नसकेको बताइएको छ ।

उता पीडित पक्षले १६ जेठमै दिउँसो ३ बजेसम्म थाहानगरको वडा नं ९ को कार्यालयमा आइ वार्ता गर्नुपर्ने अडान राखेका थिए । पीडित पक्षले हालसम्म कुनै औपचारिक माग सार्वजनिक नगरे पनि थाहा नगरपालिका वडा नं ९ कार्यालयले सडक बन्द हुने सूचना प्रकाशन गरेदेखि चित्लाङ–चन्द्रागिरि–थानकोट सडकमा नारायणी यातायात व्यवसायी संघमा आवद्ध सवारी अझै सञ्चालन भएको छैन ।

यद्यपि , संघका महासचिव सरोज कुमार खनालले भोलि (१७ जेठ) बाट त्रिभुवन राजपथ भएर संघमा आवद्ध सबै सवारी साधन सञ्चालन हुने बताएका छन् । महासचिव खनालका अनुसार काठमाडौं जाने सवारी साधन नौबिसे (त्रिभुवन राजपथ) हुँदै हेटौंडा नियमित रुटमै चल्ने जानकारी दिएका छन् ।

जेष्ठ १२ गते भएको बस दुर्घटनामा थाहा नगरपालिका–९ चित्लाङ कपुँगाउँका कृष्ण बलामी, सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो ।

त्यस्तै, उक्त दुर्घटनामा घाइते भएका पालुङ मालपोत कार्यालयका कर्मचारी ३६ वर्षीय कमलेश कुमार साहको बि.एण्ड.बि अस्पतालमा उपचार भईरहेको छ । बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरि सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको पालुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत